झापा, २४ चैत्र ।
झापाको कमल गाउँपालिका स्थित पाडाजुङ्गी चौकमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था ७ दिने सहकारी अध्ययन अवलोकन भ्रमणमा सनिबार साझ निस्केका छन् ।
विभिन्न सहकारी संस्थाहरुको अवलोकन सँगै छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुमा सहभागी हुने र विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन गरेसँगै कसरी व्यवसायिक बन्न सकिन्छ भन्ने कुराहरूको पनि अवलोकन गरिने संस्थाका सचिव भोजकुमार राईले बताए ।

जम्मा ६४ सदस्यीय टोलि सोमबार बाग्लुङमा हुने एक कार्यक्रममा सहभागी हुने साकोसका अध्यक्ष बालकृष्ण गौतमले बताए ।
अवलोकन टोलि दोस्रो दिन यतिबेला बाग्लुङ पुगेको छ ।

