दमकमा भएको धमला बन्धु सेवा समाजको पहिलो राष्ट्रिय महाधिवेशनले आज फुलकुमार धमला विश्वकर्मालाई केन्द्रिय अध्यक्ष चयन गरेको छ ।

विश्वकर्मा जाती अन्तर्गतको धमला थरका सदस्यहरुको महाधिवेशनले फुलकुमारलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । वरिष्ट उपाध्यक्षमा राजु धमला विर्तामोड, महिला उपाध्यक्षमा मिरा धमला गजमेर धरान, उपाध्यक्षमा मणी चन्द्र धमला शिवसताक्षी, महासचिवमा विमल धमला पाँचथर, सचिवमा राम बहादुर धमला र कोषध्यक्षमा भेषराज धमला विश्वकर्मा दमक सर्वसम्मत चयन हुनु भएको छ ।

महाधिवेशनको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले पानसमा दीप प्रज्जवल पछि बोल्दै धमला बन्धुसगै समाजको बिकास गर्न सबै एक जुट हुनु पर्ने साथै सीप आर्जन र क्षमता वृद्धि गर्दै ब्यक्ति समुदायको बिकास गर्न लागि पर्ने साँसद विश्वकर्माले बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि दमक उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फराकिलो सोचका साथ समाजको उन्नति , विपन्न धमला बन्धु साथै अन्य समुदायलाई सहयोग गर्न समाजले भूमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विश्वकर्मा सेवा समाज दमक अध्यक्ष काँशी खाती विश्वकर्मा, दियाली समाज सेवा समिति प्रदेश नं. १ का सुनिल दियाली र दलित नेता टंक विश्वकर्मा लगायतले बोल्नु भएको थियो ।

