adv

पत्रकार गिरीको तत्काल रिहाईको माग गर्दै पत्रकार आन्दोलित !

पोखरा  ।।   समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन् ।

केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरी पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा सहभागी पत्रकारहरुले पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गरेका छन् ।

यसैत्रीच, नेपालत पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार महासंघले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी विरोधको ब्यानर सहित धर्ना दिएका छन् ।

 

महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

पत्रकार गिरीले ताण्डव न्युज तथा ताण्डव न्युज साप्ताहिकमा यहाँका व्यवसायी विपिराज बतासले दुई व्यक्तिको करोडौँ रकम नतिरि ठगी गरेको समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई लिएर व्यवसायी बतासले नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरोमा विद्यूतिय अपराधको उजुरी हालेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु