adv

चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट

अज्ञात समुहले नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट गरेको छ । नवलपरासी-९ सुस्ता पुर्ब० को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट भएको हो । बम कस्ले, किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।

बोतलमा सामान्य बारुद राखेको अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको हो । उद्योग अगाडी गार्ड रहने गेट भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले जानकारी दिए । विस्फोटबाट केहि क्षति भने भएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु