adv

नीता ढुंगानाद्वारा अभिनित बलिउड चलचित्रको ट्रेलर सार्वजनिक {ट्रेलर}

नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको लिड रोल रहेको बलिउड चलचित्र “कडके कमाल के” को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर कमेडीले भरिएको छ ।

चलचित्रमा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ । यसमा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निभाएका छन् । यो चलचित्रको अधिकांश छायांकन नेपालमा भएको हो । ट्रेलरमा अभिनेता आर्यनलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

अभिनेत्री नीताले भने ट्रेलरमा पर्याप्त स्क्रिन स्पेश पाएकी छैनन् । जती स्क्रिन स्पेश पाएकी छन् निताले त्यसमा उनलाई कुनै संवाद भने दिइएको छैन ।

ट्रेलर  हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु