adv

सेल्फी लिने क्रममा तीन जनाको ज्यान गयो

भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेल मार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् ।

प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।  प्रत्यक्षदर्शी एम एस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिए । ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।

 

ज्यान गुमाएका मध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए ।

गएको वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर ,सेल्फी लिने क्रममा सबैभन्दा बढीको ज्यान भारतमा जाने गरेको छ ।

-एजेन्सी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु