adv

राष्ट्रिय सम्मेलन तयारीका लागि छलफल

खोटाङ, २१ बैशाख ।
किरात राई विद्यार्थी संघको ९ औँ राष्ट्रिय सम्मेलन तयारीका लागि आज सनिबार खोटाङको दित्तेलमा संघले विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरुसँग छलफल कार्यक्रम गरेको छ ।


संघका केन्द्रीय अध्यक्ष बिर्सिका राईको उपस्थितिमा राष्ट्रिय सम्मेलनलाई भव्य र व्यवस्थित बनाउनका लागि उक्त छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफल कार्यक्रममा सहभागि हुदै विभिन्न व्यक्तित्वहरुबाट सहयोगको प्रतिवद्धता व्यक्त गर्दै सम्मेलनलाई सफल बनाउन सल्लाह सुझाव समेत प्रदान गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपेन राई सहित अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु