
साउन २० गते चितवनकाे कंगारु हाेटलमा मृत भेटिएका स्वर्गीय शालिकराम पुडासैनीकाे आँखामै हेरेर उनकाे हत्यारा पत्ता लाग्ने रहस्य खुलेकाे छ । पुडासैनी जीवनत्याग प्रकरणमा रवि लामिछाने, युवराज कंडेल, रुकु कार्कीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेपछि समर्थकहरुले त्यसकाे चाैतर्फी विराेध गरिरहेका बेला यस्ताे रहस्य सार्वजनिक भएकाे हाे ।
एक युवाले सडक मिडियामा अन्तर्वार्ता दिंदै भनेका छन ”शालिकरामकाे घटनासँग जाेडिएकाे विषयलाई लिएर आफूले गहन अध्ययन गरेर हिजाे मात्रै एउटा भिडियाे सार्वजनिक गरें त्यसकाे कतिले प्रयाेग पनि गर्नु भएकाे छ । कतिले त्यसकाे टिप्पनी गरेकाे छन् । मैले आफूले उतारेरकाे फा्ेटाे कसैलाई पनि उपलब्ध गराएकाे छैन ।” उनले भनेका छन् यदि मेराे ज्यानकाे सुरक्षा हुन्छ भने जहाँ गएर पनि शालिकरामकाे आँखामा देखिएका व्यक्ति बारेमा प्रष्ट पार्न सकिने बताएका छन् । उनी भन्छन् यसकाे बारेमा प्रष्ट पार्नका लागि कुनै सुरक्षित ठाउँमा बाेलाइदिनु हुन्छ भने जहाँ पनि आउन तयार छु, पत्रकार सम्मेलन गर्नुस वा कुनै समूहमा बाेलाउनुस । तर ज्यानकाे जाे”खिम भएका कारण सुरक्षाकाे ज्ञारेण्टी भने हुनुपर्छ भनेका छन् । तपाइँहरुले नै उपब्ध गराएकाे भिडियाे, कम्प्युटरबाट तपाइँहरुकै अगाडी प्रष्ट देखाउनेछु । त्यसले प्रहरी अनुसन्धानलाई समेत सहयाेग पुग्नेछ ।”
उनी युट्युब च्यानल गुड टिभिकी एक पत्रकारप्रति आक्राेस समेत पाेख्छन् । याे एनिमेशन गरेकाे हाे भन्ने, मैले आइटीसँग साेधेकाे छु भनेर भ्रम फैलाउने कार्य गर्न राज्यले कसैलाई पनि छुट नदिएकाे बताउँछन् । एनिमेशन गरेर बङ्ग्याउनेहरुप्रति पनि उनी असन्तुष्ट छन् । कृपया, यसरी भ्रम नफैलाउनु हाेला भनेर उनले रवि लामिछानेका समर्थकलाई समेत आग्रह गर्दछन् । उनी भन्छन् -”भिडियाेलाई प्रिमियरमा हालेर सजिलै शालिकरामकाे आँखामा देखिने मानिसलाई क्याप्चर गर्न सकिन्छ ।”
हेर्नुस् भिडियाे:-

