
न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिजिनका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सन्देश जारी गरेका छन् । आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक सञ्जाल फेसबुकवाट रवि लामिछानेको नाममा एउटा सन्देश सार्वजनिक भएको छ । जसमा रविले आफ्ना समर्थकलाई सम्बोधन गरेर सन्देश जारी गरेका हुन् ।आफूलाई साथ दिन आएका शुभचिन्तकलाई धन्यवाद दिँदै उनले आफूलाई भेट्न चाहनेहरुले बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रहरी कार्यालयमा भेट्न सकिने जानकारी दिएका छन् ।
श्रीमती निकिताको फेसबुकमार्फत सार्वजनिक भएको सन्देशमा भनिएको छ, ”यो घडीमा मलाई साथ र सहयोग गर्ने सम्पूर्ण सुभचिन्तकहरु प्रति हदृय देखिनै धन्यवाद । मलाई भेट्नका लागि चितवन प्रहरीले दिएको समय बिहान ७ देखि ९ बजे भित्र र बेलुका ४ देखि ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालयमा आई भेट्न सक्नुहुनेछ ।”
रबि लामिछाने र उनका समर्थकको यतिबेलाको घडीमा निकै न्यास्रोपन थपिएको छ | यस्तो अवस्थामा रबिका समर्थकलाई ठुलो सहानुभूति हुने किसिमको संदेश निकिता मार्फत रविले पठाएका छन् | आज सम्म समर्थन र सहयोग गर्नुहुने आदरणीय सम्पूर्ण समर्थनबासिमा मेरो धन्यबाद छ भन्दै उनले आगामी दिनमा पनि यस्तै समर्थन र सहयोगको अपेक्षा गरेका छन् |

