adv

लिम्बुवानले अशाेज ३ लाई कालाे दिनकाे रूपमा मनाउने

उपनिर्वाचनमा भने सबै स्थानहरूमा मञ्चले भाग लिने

 

दमक, २४ भदाै । 

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघिय लिम्बूवान मञ्च, नेपालले असाेज ३ लाई कालाे दिनकाे रूपमा मनाउने जनाएकाे छ । मंगलबार झापाकाे दमक एक पत्रकार भेटघाट गरी उक्त कुरा बताएकाे हाे ।

पहिचानकाे मुद्दालाई गाेलीले दबाएर तीन दलले जबरजस्ती घाेषणा गरेकाे संविधानकाे पहिचान बिराेधी बुदाँहरूलाई जलाउदै सधैझै कालाे दिनकाे रूपमा बिराटनगर, इटहरी वा धरान कुनै एक स्थानमा केन्द्रीत भएर मनाउने बताएका छन् ।  वर्तमान  संविधानमा आदिवासी जनजाती लगायत उत्पिडनमा परेका समुदायलाई विभेदमा पारिएकाे धाराहरू, विरूद्धमा लेखिएका धाराहरू संशाेधन गरी सबैकाे हक अधिकार सुनिश्चित हुने किसिमकाे संविधान निर्माण भए पछि मात्र कालाे दिनलाई अन्त्य गर्ने पत्रकार भेटघाटमा मञ्चका वरिष्ठ उपाध्यक्षा ज्ञान बहादुर गुरूङले बताए ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भने सबै स्थानहरूमा मञ्चले भाग लिने जनाएकाे छ । भदाै २० देखी २२ गते सम्म लिम्बुवानकाे धरानमा सम्पन्न केन्द्रीय र प्रान्तिय बैठका निर्णयहरू सार्वजनिक गर्दै उक्त कुराहरू जानकारी गराएका हुन् । संघीय लिम्बुवान मञ्च नेपाल, केन्द्रीय (प्रान्तिय) समिति, लिम्बुवानका महासचिव शान्ता याेङहाङकाे हस्ताक्षरीत जारी विज्ञप्तीमा समेत उक्त निर्णयहरू उल्लेख गरिएकाे छ ।

उपनिर्वाचनलाई परिणाममुखि बनाउन बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङकाे संयाेजकत्वमा तीन सदस्य प्रान्तीय स्तरको  उपनिर्वाचन परिचालन समिति समेत निर्माण गरिएको मञ्चका केन्द्रिय उपमहासचिव तथा सञ्चार प्रमुख दिल कुमार लावतीले बताए । सदस्यहरूमा माननिय प्रदेश सदस्य तथा उपाध्यक्ष बिष्णु तुम्बाम्फे र उपाध्यक्ष चन्द्र खापुङ् रहेका छन् ।

पत्रकार भेटघाटमा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपमहासचिव तथा संचार प्रमुख दिलकुमार लावती, उपमहासचिव भानु भट्टराई, महासचिव शान्ता याेङहाङ, दमक नगर अध्यक्ष याम लाेरिङदेन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु