केही व्यक्तिकाे निहित स्वार्थलाइ छाेप्नकाे लागि यायाेक्खाकाे व्यानरमा विज्ञप्तीबाजि
दमक, २४ भदाै ।
रामचन्द्र राई नेतृत्वको किरात राई विद्यार्थी संघले किरात राई यायोक्खाका केही व्यक्तिहरुको निहित स्वार्थले गर्दा राई विद्यार्थीको ९औं राष्ट्रिय सम्मेलन सम्बन्धी वास्तविक विवाद तथा समस्या अाएकाे तर यायोक्खाकै व्यानर प्रयोग गरी ढाकछोप गर्न खोजिएको आरोप लगाएको छ ।
यायोक्खाले गत भदौ २१ गते जीतेन रार्इकाे समिति नै बैधानिक भनेर घोषणा गरेपछि मंगलबार रामचन्द्र राई नेतृत्वको समितिले प्रेस विज्ञप्ती निकाल्दै खोटाङ सम्मेलन सम्बन्धी यथार्थ घटना आठ बुँदामा विस्तार गरेको छ । यायाेक्खाले विद्यार्थीकाे समस्यालाइ निराकरण गर्नका लागि अभिभावकत्व प्रदान गर्नुकाे सट्टा हामी विरूद्ध केही व्यक्तिकाे निहित स्वार्थलाइ छाेप्नकाे लागि यायाेक्खाकाे व्यानरमा विज्ञप्तीबाजि गरीरहेकाे समेत जनाएकाे छ ।
जसमा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईमाथि आरोप लगाइएको छ । यायोक्खा अध्यक्षकै निर्देशनमा नेतृत्व चयनमा ठोस सहमतिको प्रयास नगरी सिधै निर्वाचनको तयारी गरिएको र सो बमोजिम नै निर्वाचन भएको संघको दाबी छ ।
सम्मेलनको प्रतिनिधि चयन कार्य पनि सुरुदेखि नै मनपरी ढंगले गरिएको विज्ञप्तीमा उल्लेख छ ।
‘सहमतिविपरीत तीन दिनसम्म चल्ने भनिएको सम्मेलन पाँच दिनसम्म लम्ब्याइयो । तोकिएको समयसम्म त सचिवालय, केन्द्रीय समिति र आयोजक समितिको बैठकको नाममा लम्ब्याइयो । बैठकमा समस्या हुँदाहुँदै पनि सम्मेलनमा उपलब्ध संस्थापक, सल्लाहकार, पूर्वअध्यक्ष र पूर्वपदाधिकारीहरुलाई बेवास्ता गर्दै बैठकमा सहभागी गराउने प्रयास गरिएन,’ विज्ञप्तीमा उल्लेख छ। ‘
संघको सम्मेलनमा हालसम्म सहमतिकै आधारमा नेतृत्व चयन गरिदै आएकामा खोटाङ सम्मेलनबाट भने आफ्नाे अनुकुलका व्यक्ति चयनका लागि भइरहेकाे सम्पूर्ण अभ्यास र परम्परालाई तोड्दै निर्वाचन प्रक्रिया अपनाइएको संघको आरोप छ ।
सम्मेलनमा रामचन्द्र राईले अध्यक्षको दाबी छोडेमात्रै सहमति हुने भन्दै एकोहोरो दबाब दिएपछि आफूहरु बाध्य भएर निर्वाचनमा गएको तर ‘नो भोटिङ’को सिद्धान्तअनुसार विपक्षीलाई नै मत हालेर असहमति जनाएको अध्यक्ष रामचन्द्र राई नेतृत्वको समितिले उल्लेख गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘नेगेटिभ भोटिङ भएको थाहा हुँदाहुँदै पनि जसरी पनि सहमतिमा नेतृत्व चयन गराउँछु वा मिलाउँछु भन्नुहुने दिवस राई लगायतले ‘के खोज्छस् कानो आँखो’ भनेझैं गरी कायरतापूर्ण ढंगले निर्वाचनको परिणाम घोषणा गर्नुभयो ।’
यायोक्खाले सम्मेलन सम्बन्धी यथार्थ विषय र समस्या नलुकाई वार्ता र सहमतिको प्रयास गर्नुको सट्टा एउटा पक्षलाई नै वैधानिक भनेर घोषणा गर्नु दुःखद् रहेको संघको विज्ञप्तीमा उल्लेख छ ।
पुरा पढ्नुहाेस् ।
प्रेस विज्ञप्ती



