adv

नेकपा चुलाचुलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

निशेष राई सत्यरुप

चुलाचुली, १७ असोज ।

दशैँको पुर्वसन्ध्यामा नेकपा चुलाचुली गाउँपालिका कमिटीले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा चुलाचुलीका अध्यक्ष तुलावतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा जिल्ला कमिटी इलामका अध्यक्ष तथा प्रदेश सांसद रामराना मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

गाउँपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य कान्छा लावती लगायत जिल्ला स्तरिय नेताहरुः न्युसन राई, विन्दु लाम्गादे, गाउँपालिका अध्यक्ष समेत रहेका प्रदिपचन्द्र राई र नेपाली कांग्रेसको तर्फबाट सुवास आङ्थुपो तथा नेकपाका करिव २ सय कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आउदै गरेको बडादशैँ, शुभदिपावली तथा छौँट पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । नेकपा चुलाचुली सचिव दिलु लावतीले संञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा चुलाचुली कार्यलय सदस्य संञ्जय राईले स्वागत मन्त्व्य राख्नुभएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु