शिवसताक्षी, १८ असाेज ।
धरमपुर युवा समाज झापाकाे आयाेजनामा धरमपुर चाेकमा हुने वृहत सांगितिक साँस्कृतिक कार्यक्रमकाे सबै तयारी पुरा भएकाे आयाेजक समितिले जनाएकाे छ । विजयदशमी तथा शुभदिपावलीकाे पावन अवसरमा समाजले कार्यक्रम गर्न लागेकाे हाे । असाेज १९ गते आइतबार धरमपुर चाेकमा नजिकिदै गरेकाे चाडपर्वकाे शुभकामना आदान प्रदानसँगै साँस्कृतिक कार्यक्रमकाेमा रमाउनका लागि समाजले पहिलाे पटक साँस्कृतिक कार्यक्रमकाे आयाेजाेजना गरेकाे हाे ।

वृहत साँस्कृतिक कार्यक्रममा गायिका तथा माेडल जुनु प्रसाई, गायक पवन राईकाे गितहरू सुन्न सकिने छ भने कलाकारहरू (नृत्यांगना) ऐना राई, साेनी राई, अस्मिना राना मगरकाे नृत्य अवलाेक साथै अन्य कलाकारहरूकाे समेत प्रस्तुती हेरी मनाेरञ्जन लिन सकिने आयाेजक समितिले जनाएकाे छ ।
कार्यक्रमकाे बारेमा बताउदै समाजका अध्यक्ष अर्जुन राईले भने – हामी युवाहरू जाे चै समाजलाई केहि याेगदान गर्नु पर्छ भनेर समाज गठन गरी यस वर्ष यस साँस्कृतिक कार्यक्रमकाे तयारी गरिरहेका छाै यसमा सबैले देश विदेशमा रहनुहुनै सबैकाे आर्थिक,नैतिक, भाैतिक रूपमा सहयाेग प्राप्त भइरहेकाे छ । हामीले प्रवेश निःशुल्क गरेकाे कारण पनि हामिले साथिभाइ, स्थानिय सहयाेगदाताहरूसँग सहयाेगकाे अपिल गरेका हाै ।
प्रवेश शुल्क नलाग्ने गरीकाे साँस्कृतिक कार्यक्रम अहिले कमै हुदै अाइरहेकाे समयमा भने धरमपुर युवा समाजले निःशुल्क प्रवेश सहितकाे साँस्कृतिक कार्यक्रम गरेकाे छ । धरमपुर क्षेत्रका युवाहरूकाे सक्रियतामा समाज निर्माण गरी यस वर्षकाे चाडपर्वलाइ विशेष बनाउनका लागि पनि कार्यक्रमकाे आयाेजना गरेकाे कार्यक्रमका अार्थिक संयाेजक पूर्ण चेम्जाेङले बताए ।

