माङसेबुङ, २७ असोज ।
माइथुम्की पुष्पाञ्जली गोल्डकप २०७६ फुटबल प्रतियोगिता आज सोमबार देखि सुरु भएको छ । माङसेबुङ ३ स्थित माइथुम्की पुष्पाञ्जली क्लबले आयोजना गरेका प्रतियोगिताका खेलहरु स्थानीय दुर्गा मा.वि.को खेलमैदानमा हुनेछ । कार्तिक ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा झापा, इलाम र पाँचथरका २४ टिमहरुका सहभागीता रहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार र द्वितिय पुरस्कार २० हजार रहेको छ । प्रतियोगिताले यस क्षेत्रको खेलकुद क्षेत्रमा विकासमा टेवा पु¥याउने र खेलकुदको माध्यमबाट सम्पूर्ण युवाहरुलाई एकजुट हुन समेत सहयोग गर्ने आयोजक समितिका संयोजक हस्त राईले बताए ।
त्यस्तै प्रतियोगिताको आज सोमबार भएको उद्घाटन खेलमा माझिटार फुटबल क्लब विजयी भएका छन् ।
विजयी माझिटारले सनिबारे फुटबल क्लब विरुद्ध २ –० को गोलान्तरले जित निकालेको हो । माझिटारको तर्फबाट खेलको दोस्रो मिनेतमा नै समय लिम्बुले १ सुन्यको अग्रता दिलाए । खेल सकिन १२ मिनेट अगाडि माझिटारका विज्ञान लिम्बुले गोलान्तर २ सुन्य बनाएसँगै जित सुनिश्चित गराएका थिए ।

फुटबल प्रतियोगिता समिति संयोजक हस्ते राईको अध्यक्षतामा तथा माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सचिव सुवर्ण राईले सञ्चालन गरेका थिए ।

भोलि असोज २८ गते ११ः३० बजे अठासी धाम भिएस गाउँवेसी युवा क्लव, १ः३० बजे डिबिसी भिएस चिभुवा र ३ः३० बजे बेल्डाँगी झापा र मन्दीर टोल पाँचथर बीच खेल हुने आयोजक समितिका सचिव सुवर्ण राईले बताए ।

