adv

पारसले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

काठमाण्डाै, २८ असाेज । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । विगत १ दशक देखी नेपाली क्रिकेट टाेलीकाे कप्तानीकाे जिम्मेवारी समाहाल्दै आएका थिए । मंगलबार आफ्नाे फेसबुक पेजमा एक स्टाटस लेख्दै कप्तानीबाट राजीनामा दिने बताएका छन् ।

 

 

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् । उनले भनेका छन् आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको कुरा भएकाे र याे नयाँ जिम्मेवारी अब नयाँ पात्रले निभाउनु पर्ने आशय व्यक्त गरेका छन् ।  आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् ।

उनेले आफ्नाे नेतृत्वकाे यात्राभर साथ सहयाेग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु