adv

माङसेबुङ वडा स्तरीय पुरुष फुटबल खेल हुने

माङसेबुङ, २८ असोज ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितात्मक खेल माङसेबुङ गाउँपालिका वडा नं. १ स्थित महेन्द्रदय मा.वि.को खेलमैदानमा हुनेछ । खेल यहि कार्तिक २९ गते देखी सुरु हुने भएको छ ।

खेलकुदको माध्यमबाट युवाहरुलाई जोड्दै वडा स्तरका खेलाडीहरुको खेलस्तरलाई अगाडि बढाउनका लागि गतवर्ष देखी गाउँपालिका भित्रका वडाहरुबीच प्रतियोगितात्मक खेल माङसेबुङ खेलकुद विकास समितिले सुरु गरेको हो । गाउँपालिकामा ६ वटा वडाहरु रहेकोमा ए र बि गरी जम्मा १२ वटा टिमको सहभागि रहने समितिका सदस्य प्रविण लिम्बुले बताए ।


प्रत्येक वर्ष हुने आत्मानन्द रनिङ गोल्डकपका लागि गाउँपालिका स्तरीय टिमका लागि पनि यसै वडा स्तरीय खेलबाट खेलाडी छनौट गरिने समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए । गत वर्षको खेलमा वडा नं. ३ ले उपाधि चुमेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु