काठमाण्डाै, २८ असाेज ।
बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन् । सांसाद साहले साेमबार जनकपुर विमानस्थलमा रहेकाे बुद्ध एयरकाे काउन्टर ताेडफाेड गरेका थिए ।
साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले सांसद साहलाई पक्राउ गरेको हो । सांसद साहले जहाज ढिलो भएको भन्दै बुद्ध एयरको कार्यालय तोडफोड गरेका थिए ।
साह सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित सांसद हुन् ।
साभारः नागरिक खबर डट कम

