काठमाडौं, १ कात्तिक।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । विजयी भए सँगै यतिबेला सामाजिक सञ्जालहरूमा पन्तलाइ बधाइदिरहेकाे छ ।

पन्तले आफ्नाे पाँच मन्त्र लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका भनेर उमेद्वार हुने क्रममा सार्वजनिक गरेका थिए ।
उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । महासचिवमा डा. हेमराज शर्माले जितेका छन् भने सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भएका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएकाे हाे ।
फाेटाेः कुमार पन्तकाे फेसबुक वालबाट