adv

आगलागी नियन्त्रणका लागि फायर फाइटिङ

इलाम, १ कार्तिक । 

आगलागी भएको समयमा सुरक्षा सतर्कता कसरी अपनाउन सकिन्छ भन्ने बारेमा नेपाली सेना पशुपतिप्रसाद गण इलामले शुक्रबार जानकारी सहितको फायर फाइटिङ (वारूण अभ्यास) अभ्यास गराएकाे छ । आगलागी भएकाे नमुना घटना प्रर्दशन गर्दै आगाे नियन्त्रण गर्ने, उद्धार लगायतका विषयहरूमा जानकारी गराएकाे हाे ।  जिल्लाका सम्बन्धित सराेकारवाला निकायहरूसँगकाे उपस्थितिमा अभ्यास गराएकाे हाे ।

प्रयोगात्मक ढंगबाट जानकारी गराउने क्रममा आगलागि भएको समयमा मानवीय क्षती हुन नदिन, आगलागि नियन्त्रण गर्नका लागि सम्बन्धित निकायको भूमिका कस्तो हुनुपर्छ लगायतका बिषयमा प्रष्टयाउने उद्येश्यका साथ यस कार्यक्रमको आयोजना गरेको पशुपतिप्रसाद गण इलामले जनाएको छ ।

आगलागी हुनसाथ सुरक्षा निकाय अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला जनस्वास्थ्य कार्यालय, विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायत सरोकारवालाको भूमिका कस्तो हुनुपर्छ र उद्धार तथा राहत कार्यलाइ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएकाे थियाे ।

कार्यक्रममा सहभागीले आगलागीसहित विपदका समयमा सबै निकायको एकिकृत सहभागी भई मानवीय क्षती हुनबाट जोगाई उपलब्ध श्रोत साधनको अधिक प्रयोग गरी क्षति घटाउन सकिने बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रहरी उपरीक्षक हीराबहादुर पाण्डे, नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवी गौतमसहित सशस्त्र प्रहरी प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, सञ्चारकर्मी सहितको उपस्थिती रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु