शिवसताक्षी, ३ कार्तिक ।
शुभदिपाली, छठपर्व र उधाैलीकाे अवसरमा शब्दखिमले स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गर्ने भएकाे छ । कला, साहित्य र संगीतमा समर्पित भन्ने मूल नाराका साथ स्थापना भएकाे शब्दखिम झापाले कार्तिक ९ गते शिवसताक्षी स्थित श्री लक्ष्मीनारायण माध्यिमक विद्यालयकाे सभाहलमा हुने भएकाे छ ।

हावासँग बाेलु भन्छ पातसँग बगु भन्छ, भन्थिन् मेरी उनि, मेराे पाइला नटेकिदिनु, मेरो आँखामा भरदिन बादल छाईरह्यो’, बिधुवाले सिउँदोको रहर, तिमि आकासको जुन भयौ जस्ता गीतहरूकाे रचना गर्नु भएका प्रतिष्ठित गीतकार शिवसंकर थापालाई सम्मान गर्ने भएकाे छ । प्राय जसाे गीतकार थापाकाे गीतमा वरिष्ठ गायक दिप श्रेष्ठकाे आवाज पाउन सकिन्छ भने केही गीतहरूमा ओमविक्रम बिष्ट, पवन गोले लगायत गायक-गायिकाहरुले वहाँका गीतहरु गाएका छन् ।
त्यस्तै माझिदाइमा सहायक निर्देशककाे भुमिका निर्वाह गरेका शिवसताक्षी १ निवासी दुृर्गा नेम्वाङले खापुना मुरूङना अाफ्नाे निर्देशनमा काम गरिसकेका छन् । उनै नेम्बाङ पनि यस कार्यक्रममा सम्मानित हुने शब्दखिम झापाका संयाेजक विराट किरातीले बताए ।
कार्यक्रममा कवि तथा पत्रकार प्रकाश दिप्साली पनि सम्मानित हुने भएकाे छ । कविता संग्रह घायलवस्ती लगायतका अन्य कृतीहरू प्रकाशित गरिसकेका कवि प्रकाश दिप्शाली औजार दैनिकका साहित्य सम्पादक तथा वागियान द्वैमासिकका सह–सम्पाद समेत हुन् ।
कार्यक्रममा कलाकारहरू जनम थुलुङ, विजय दंगाल, जिवन साम्पाङ, कविता चाम्लिङ, सन्ध्या नेम्बाङ र बालगायक जज्पुन राईकाे सांगीतिक कार्यक्रमहरू पनि हुने जनाएकाे छ । उक्त कार्यक्रममा सांगीतिक मनाेरञ्जन समेत लिन सकिने संयाेजक किराती बताएका छन् । शब्दखिम दमकले विभिन्न समयमा समसामयीक विषयहरूमा कार्यक्रमहरू गर्दै आइरहेको छ ।

