माङसेबुङ, २ कार्तिक ।
नेकपा माङ्सेबुङ गाउँपालिका कमिटी कार्यलयको पहिलाे बैठक अाज शनिबार चतुरे सम्पन्न भएकाे छ । नेकपा गाउँपालिका अध्यक्ष हेमन्त हेमन्त राइको अध्यक्षता तथा १ नम्बर प्रदेश कमिटी सदस्य जय प्रकाश राइ र जिल्ला कमिटी सचिवालय सदस्यहरु जनम खम्बु, किरण कुमार राई जिल्ला सदस्यहरु रिपल राई र समिक्षा खड्का को उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे ।
बैठकले निम्न अनुसारकाे निर्णय गरेकाे छ । जस्ताकाे तस्तै ।
१)सदस्यता नवीकरण संगठन बिभागले सदस्यता विवरण जिल्ला कमिटीबाट मगाइ मातहतका कमिटीहरुलाइ सर्कुलर गर्ने।
२) शुभकामना आदनप्रदान कार्यक्रम कार्तिक २३ गते शनिबार चतुरे मा आयोजना गर्ने सो का लागि सम्पुर्ण ब्यबस्थापन गर्न समयोजक मैत राज राइलाइ जिम्मेवारी दिने निर्णय गरियाे ।
३)दिपावलिको उपलक्ष्यमा वडा कमिटीहरुले गाउँ घर टोल बस्तिमा देउसी भैलो खेलि तोकिएको रकम गाउपालिका कमिटीलाइ बुझाउन सर्कुलर गर्ने निर्णय गरियो।
४) (क)पार्टी सङ्गठन बिभाग ७ सदस्यीय समयोजक मित्र कुमार खड्का सचीव सुरेश राई सदस्यहरु नर ब आङ्देम्बे, कृष्ण बस्नेत , सन्त बिक, देबि कुमार योङ्हाङ, सैतबहादुर राइ
(ख) स्थानीय तह बिभाग समयोजक राम चन्द्र राई६, सहसमयोजक विवेक राई४ सदस्यहरु नवीन साम्बा३, याम लिम्बू१, जैबहादुर राई३, दिलु साम्बा लिम्बू३र उमिरन राइ२
५)७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ घर घर मै पुगि सम्मान गर्न यहि मङ्सिर महिना लाई अभियान महिना आजै घोषणा गरि नेकपा सम्बद्ध जेष्ठ नागरिकको लगत संकलन चाडो गर्ने गर्ने र सोको लागि आवश्यकता अनुसार जिल्ला ,प्रदेश र केन्द्रिय कमिटी बाट नेता कमरेडहरुलाइ निमन्त्रणा गर्ने।
६)नेकपाको बिधान बिपरित गतिविधि गर्नुभएको हुदा माङ्सेबुङ गाउपालिका कमिटी सदस्य धन कुमार लोरिङ्देन लाई साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निस्कासन गर्न जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय गरियो।


