काठमाण्डाै, ४ कार्तिक ।
नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले ११ बुँदे घाेषणा पत्र जारी गर्दै सम्मेल सम्पन्न गरेकाे छ । महासंघले पत्रकार सम्मेलन गर्दै जारी घाेषणा पत्र सार्वजनिक गरेकाे छ । कार्तिक १ गते देखि काठमाण्डाैमा शुरु भएको सम्मेलनले विभिन्न बुदाँहरू उल्लेख गर्दै सम्पूर्ण अादिवासीहरूकाे हक र अधिकार सुनिश्चितका लागि एक जुट हुनका लागि समेत याे सम्मेलन रहेकाे निष्कर्ष निकालेकाे छ ।

नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले अादिवासी जनजातिहरूकाे पहिचान, इतिहास, भाषा, धर्म, संस्कृति संरक्षण सम्बर्दधनका लागि महासंघकाे नेतृत्वमा हुने राजनीतिक, सामाजिक, साँस्कृतिक, अार्थिक, शैक्षिक सबैखाले अान्दाेलमा संसारभरि छरिएर रहेका नेपाली अादिवासी जनजातिहरू विना पूर्वाग्रह एकबद्ध हुने प्रतिवद्धता समेत जारी घाेषणा पत्रमा उल्लेख गरेका छन् ।
नेपालकाे संविधान २०७२ मा अादिवासी जानजातिले विगत देखि उठाउदै अाएकाे पहिचान र अधिकारकाे सवालहरू पूर्णतः संविधानमा समावेश नभएकाेले अविलम्ब संशाेधन गर्न घाेषणा पत्र मार्फत माग समेत गरेकाे छ ।
नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले जारी गरेकाे घाेषणा पत्र जस्ताकाे तस्तै ।



