काठमाण्डाै, १९ कार्तिक ।
नेपाली कथानक चलचित्र ‘बुलबुल’ फ्रान्स हुन गईरहेको ‘दक्षिण एसियाली फिल्म महोत्सव’को लागि छनोटमा परेको छ । नायिका स्वस्तिमा खड्कालाई मुख्य पात्रका रूपमा देखाईएको चलचित्र ‘बुलबुल’ नेपाली चलचित्रबाट छनाेटमा परेकाे हाे ।

जनवरी २८ गतेबाट सुरु भएर फेब्रुअरी २ मा सकिने यस फिल्म महोत्सवमा सहभागी हुन नायिका खड्कासँगै चलचित्रका निर्देशक बिनोद पौडेलसँगै जाने भएका छन् । प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक रहेको यस महोत्सवमा नायिकासँगै आफूपनि उक्त सहभागी हुन जान लागेको निदेर्शक पौडेलले जानकारी दिए ।
चलचित्रमा स्वस्तिमासँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको मुख्य भूमिका रहेको छ ।‘बुलबुल’ मा नायिका स्वस्तिमाले एक ट्याम्पु चालकको भूमिका निर्वाह गरेकी छिन् ।

