adv

समाजवादीको प्रदेश बैठक बस्दै

 दमक, १९ कार्तिक ।

समाजवादी पार्टी प्रदेश नं १ समितिकाे बैठक बुधबार दमकमा सम्पन्न हुने भएको छ ।

दमकस्थित गोर्खा डिपार्टमेन्टको कन्चनजङ्घा सभाहलमा सम्पन्न हुने बैठकमा सङ्घीय, प्रदेश, स्थानीय तहमा रिक्त पदका लागि मङ्सिर १४ मा उप-निर्वाचन तय भएसँगै पार्टीका तर्फबाट उम्मेद्वार टुङ्गो लगाउन र पार्टी एकतापछि समायोजन हुन बाँकी गाउँ/नगर र जिल्ला समायोजन कार्य सम्पन्न गर्न कार्यदल गठन लगायत थप समासामयिक राजनीतिक निर्णय हुने समाजवादी पार्टी प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

पार्टीको पूर्ण बैठकको पूर्वसन्ध्यामा मङ्गलबार पदाधिकारी बैठक बसेको उपाध्यक्ष दीपक याक्खाले बताए । प्रदेश समितिलाई सम्मान गरिने यसैबीच पूर्व सङ्घीय समाजवादी फोरम, नेपाल दमक नगर समितिको तर्फबाट समाजवादी पार्टी प्रदेश नं १ समितिलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम तय भएको नगर अध्यक्ष खेम दाहालले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु