adv

महागुरू फाल्गुनन्दकाे जन्मजयन्तीकाे अवसरमा सार्वजनिक विदा

माङसेबुङ, २० कार्तिक । 

माङसेबुङ गाउँपालिकाले १६औं राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरू फाल्गुनन्दकाे जन्मजयन्तीकाे अवसरमा कार्तिक २५ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । त्यस्तै किरात धर्मगुरू मुहिङगुम अङसिमाङ सेइङकाे शुभजन्माेत्सवकाे अवसरमा पनि मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिने गाउँकार्यपालिकाकाे कार्तिक १८ गते बसेकाे बैठकले निर्णय गरेकाे जारी विज्ञप्तीमा उल्लेख छ ।

किरात धर्मगुरू मुहिङगुम अङसिमाङ सेइङकाे ६५औं शुभजन्माेत्सवकाे अवसरमा खिचिएकाे फाेटाे

महागुरु फाल्गुनन्द किरात धर्मका गुरु तथा समाज सुधारक थिए । वि.सं. १९४२ साल कार्तिक २५ गते आइतबार माङसेबुङ गाउँपालिका वडा नं. २ स्थित चुक्चिनाम्बामा जन्मेका थिए । आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सधै बिहान बेलुकी चोखो नीतोसँग माङसेवा गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराहरूकाेको ज्ञान प्राप्त गरी सबैलाई सुधारकाे बाटाेमा लाग्न प्रेरित गरेका थिए । उनै १६औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द १३५औं जन्मजयन्तीकाे अवसरमा गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

माङसेबुङ गाउँपालिकाले जारी गरेकाे विज्ञप्ती

त्यस्तै किरात धर्मगुरू मुहिङगुम अङसिमाङ सेइङकाे शुभजन्माेत्सवकाे अवसरमा पनि मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिने गाउँकार्यपालिकाले गरेकाे छ ।  किरात धर्मकाे आस्थाकाे धराेहर धार्मिक तथा पर्यटकीय स्थल माङसेबुङ समेत यसै गाउँपालिका अन्तर्गत पर्दछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु