माङसेबुङ, २० कार्तिक ।
इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा बुधबारदेखि फूटसल प्रतियोगिता सुरु भएको छ । फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ गुरूङगाँउको आयोजनामा प्रतियोगिता सुरु भएको हाे ।

प्रतियोगिताको उद्घाटन खेलमा सिम्लेलाई चतुरे १ सुन्यले विजयी प्राप्त गरेकाे थियाे । त्यस्तै चित्रेलाई मानपुरले ३–१, सिङलाबुलाई चिवुवा ‘ए’ ले १–० र चिबुवा बिलाई ढुङ्गेले १–० ले हराएकाे थियाे । आजकाे उद्घाटन खेलमा चतुरे, मानपुर, चिवुवा ‘ए’ र ढुङ्गे विजयी भएका छन् ।
प्रतियोगित अन्तरगत विहीबार ६ खेल हुनेछन् । पहिलो खेलमा लाक्तापा र साविक इभाङ ४ ‘ए’, दोस्रो खेलमा थुमथुमे पाँचथर ‘ए’ र सिम्ले, तेस्रो खेलमा थुमथुमे ‘बी’ र केराबारी इलाम, चौथो खेलमा मान्द्र एफसी र जनसाहित्य कोशेली किरण युवाक्लब, पाँचौ खेलमा गैरीगाउँ ‘ए’ इलाम र सिक्तेम्बा पाँचथर नथा अन्तिम खेलमा गैरीगाउँ ‘बी’ र साविक इभाङ ४ ‘बी’ प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा इलाम र पाँचथरका गरी ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

