सुनसरी, २५ कार्तिक ।
मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा पुर्व विद्यार्थी नेता नवराज राईलाई नियुक्त गरेकाे छ । कार्तिक २१ गते धरान सुनसरी निवासी राईलाई निजामती सेवाका राजपत्रांकित दाेस्राे श्रेणी अधिकृत सरहकाे तलब भत्ता पाउने गरी स्वकिय सचिवमा नियुक्ती भएकाे हाे ।

यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अघि बढ्छु कार्यक्रमको संयोजक थिए । संयाेजक भएर १४ वटै जिल्लामा उक्त कार्यकम प्रभावकारी रूपमा सञ्चालन गरेका थिए ।

अंग्रेजी बिषयमा स्नातकोत्तर गरेका राई केही समय अघि क्याम्पसमा प्रध्यापन गर्ने गरेका थिए । उनी तत्कालिन एमालेसम्बद्ध अनेरास्ववियुका पुर्वकेन्द्रीय सदस्य हुन् भने एक कार्यकाल एमालेको धरान नगर कमिटि सदस्यकाे पनि अनुभव बटुलि सकेका छन् ।

