adv

भारतको विरोधमा झापाको गौरादहमा पनि प्रर्दशन

 निशेष राई सत्यरुप २५ कार्तिक ।

भारतले हालै जारी गरेको राजनीतिक नक्साको बिरोधमा झापाको गौदहमा पनि प्रर्दशन भएको छ । अनेरास्ववियू गौरादह बहुमुखी क्याम्पस ,अनेरास्ववियू गौरादह कृषि क्याम्पस र अन्य विद्यार्थीहरूकाे संम्युक्त आयोजनामा सो विरोध प्रर्दशन भएको हो ।

उनिहरुले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतिय राजनितिक नक्सामा समाबेश गरेको भन्दै बिरोध जनाउदै प्रर्दशन गरेएका हुन् । आज विहान गौरादह क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन गौरादह बजार परिक्रमका गर्दे डिपो चौकमा कोण सभामा परिणत भएर सम्पन्न भएको थियो ।

विरोध प्रर्दशनमा गौरादह बहुमुखी क्याम्पस र गौरादह कृषि क्याम्पसका करिव २ सय विद्यार्थी सहभागी भएका थिए । प्रर्दशनमा सहभागी विद्यार्थीहरुले “भारतिय विस्तारवाद मुर्दावाद !” “लिपुलेक कालापानी, लिम्पियाधुरा हाम्रो हो” “गो व्याक ईण्डिया” लगायतका नारा लगाएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु