adv

महागुरू फाल्गुनन्दकाे १३५ औं जन्मजयन्ती माङसेबुङमा भव्य मनाईयो

माङसेबुङ, २५ कार्तिक ।

महागुरु फाल्गुनन्दको दर्शनलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले बताएको छ । अध्यक्ष इधिङगोले सो कुरा राष्ट्रिय विभूति, किरात धर्म दर्शन दाता, समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ अौं जन्मजयन्ती कार्यक्रममा बताएको हो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ भञ्ज्याङमा अवस्थित फाल्गुनन्द प्रतिमामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि इधिङगोले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मभूमि समेत रहेको माङसेबुङ समृद्ध भए देशनै समृद्ध हुने बताए । कार्यक्रममा अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्यहरु पूर्ण बहादुर कार्कीढोली, मदन इङनाम, देउकुमार आङदेम्बे, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुधबहादुर लाअोती, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, गुरु निजी आश्रम कृषि समिति अध्यक्ष टिकाराम केरुङ, सचिव उदयविक्रम तुम्बापो रहनु भएको थियोे ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष तथा माङसेबुङ मासिक पत्रिकाका कार्यकारी सम्पादक ज्ञानु केदेम लिम्बू, किरात साम्यो थामेन्दिङमा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, श्री सरस्वती मा वि का प्रधानाध्यापक हरी प्रसाद आङदेम्बे, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य तिलरुपा सबेन्हाङ, स्थानीय बुद्धिजीवी इन्द्रहाङ आङदेम्बे लगायत उपस्थित थिए ।

कार्यक्रममा युवा बुद्धिजीवी धिरेन्द्र आङदेम्बे, माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेम, थामेन्दिङमा पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, आर्थिक व्यवस्थापन समिति अध्यक्ष देउमान आङबुहाङ, संघका उपाध्यक्ष दुधबहादुर लाअोती, माङगेन्ना समितिका सदस्य पूर्णबहादुर कार्कीढोली लगायतले शुभकामना मन्तव्य राखेका थिए । भञ्ज्याङ टोल विकास समितिको अध्यक्ष बालहाङ सेर्माले धन्यवाद मन्तव्य राखेको कार्यक्रमलाई मनकुमार आङबुहाङले सञ्चालन गरेको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राईको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

यसरी महागुरु फाल्गुनन्दको जन्मजयन्ती सफल पार्न यस वर्ष पहिलोपटक इलामको माङसेबुङ गाउँपालिकाबाट रु २५ हजार रुपैयाँ विनियोजन गरिएको आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु