adv

चुलाचुली वडा नं. ५काे कार्यालय भवन शिलान्यास

चुलाचुली, २७ कार्तिक । 

चुलाचुली गाउँपालिका वडा नं. ५ काे कार्यालय भवनकाे आज बुधबार शिलान्यास गरिएको छ । । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई, वडा नं. ५ अध्यक्ष चन्द्रकुमार थापाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । चुलाचुली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चन्द्रकुमार थापाले जग्गा उपलब्ध गराए पछि वडाकाे कार्यालय बन्ने भएकाे हाे ।

शिलान्यास कार्याक्रममा जग्गा दाता निर्मला थापालाई गाउँपालिका उपाध्यक्ष निर्मला दाहाले दाेसल्ला ओडाएर सम्मान गरेकी थिईन् । मूल्य अभिबृद्धि कर सहित ७५ लाख १ हजार ७ सय चाैरानब्बे ८४ पैसाकाे लागतमा निर्माण हुने उक्त कार्यालय भवनकाे निर्माण पाथिभरा निर्माण सेवाले गर्ने छ । मिति २०७६ कार्तिक २४ गते सम्झाैता गरिएकाे उक्त ठेक्का २०७७ कार्तिक २४ गते सम्ममा निर्माण सक्ने गरी ठेक्का लागेकाे हाे । समय अगावै काम सम्पन्न गरी जिम्मा लगाउने निर्माण सेवा कम्पनिले जनाएकाे छ ।

शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राईले भने – हाम्राे गाउँपालिका कार्यसम्पादनसँगै कार्यालय निर्माणमा पनि हामि अन्य गाउँपालिकाकाे तुलनाकाे अगाडी छाै । त्यसैले याे विकास निर्माण कार्यमा सबै गाउँपालिका बासीहरूलाइ एकवद्ध भएर लाग्नु पर्ने बताए ।

जग्गादाता समेत रहेका वडा नं. ५ का अध्यक्ष चन्द्रकुमार थापाले भने हामी सबै वडावासीकाे सुविधालाइ मध्यनजर गर्दै सेन्टरमा वडा कार्यालय निर्माणमा लागेका हाै । याे निर्माण सम्पन्न गर्नका लागि सबै वडावासीकाे उतिकै सहयाेगकाे खाचाे समेत रहेकाे बताए ।

शिलान्यास कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष कालिदास भट्टाराई, युवा समाजसेवी संजय कुमार राई, समाजसेवी गजेन्द्र याक्खा लगायत अन्य जनप्रतिनिधी तथा स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु