adv

वान्तावा राई ढिछाङछाहरुको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न

बाह्रदशी, ३० कार्तिक ।

बाह्रदशी गाउँपालिकामा भएको वान्तावा राई ढिछाङछाराईहरुको वृह ऐतिहासिक सम्मेलन विविध विषयमा छलफल गरी सम्पन्न भएको छ । बीर बहादुर राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चारैतिर छरिएर रहेका ढिछाङछाहरुको सहभागिता रहेको थियो ।

भेलाले विशेष गरेर ढिछाङछा पाछाबाट पनि उप–पाछा भएर अलग नाम लिएर गएका दुई वटा पाछाहरु “यम्बोहाङछा” र “ढेडेहाङछा” लाई समावेश गरेर जाने र वंशावली प्रकाशन सम्बन्धमा विविध कुराहरुमा छलफल गरियो । आजको वृहत छलफलले अलग भएर लामो समयदेखि अर्को नामले चिनिए पनि आगामी दिनहरुमा उक्त पाछाहरुलाई पनि ढिछाङछा पाछामा सँगै अटाएर आजको मितिदेखि ढिछाङछा पाछा नै भनिने गरी वंशावली तयार गरिने निर्णय पारित गरियो ।

अलग भएर गएका पाछाहरु मध्ये केहि व्यक्तिले ढिछाङछा पाछामा संलग्न भएर नजाने तर्कहरु राखेता पनि आगामी दिनहरुमा विचार विमर्श गरी ढिछाङछा पाछामा नै संलग्न गराएर लैजान सक्ने अध्यक्ष बीर बहादुर राईले जानकारी गराउनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु