adv

एनएमसी साकाेसकाे २७औं साधारणसभा सम्पन्न

भूमिका सुब्बा, मेचीनगर, ३० कार्तिक ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २७औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  संविधान सभाका अध्यक्ष तथा नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा नेता नेम्बाङले भने–  देशकाे आर्थिक समृद्धिकाे बाटाेमा हिडिरहेकाे बेला सहकारीकाे सहयाेग रहेकाे बताए ।

उनले भने – मुलुककाे अर्थतन्त्रमा समेत सघाउ पुग्ने जनाउदै सहकारीकाे सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी अघि बढ्नुपर्नेमा जोड दिए । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने संस्थाकाे नारा सार्थक र मुलुककै लागि मार्गदर्शक हुने धारणा व्यक्त गरेकाे थिए । उनले उक्त अवसरमा प्रतिबन्धित विप्लब समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन समेत आह्वान गरेका छन् ।

सहकारी अभियानप्रति मेरो दृष्टिकोण सकारात्मक छ भन्दै नेता नेम्वाङले भने, जनताले जनताको संविधान बनाउँदा हामीले सहकारीलाई संस्थागत गरेका छौं । देशलाई आर्थिक समृद्धिको मार्गमा डोहोर्याउन सहकारीको भूमिका महत्वपूर्ण र अपरिहार्य छ । एनएमसीको बारेमा आफूले केही जानकारी लिएर आएको बताउँदै नेम्वाङले भने ‘लोकतान्त्रिक विधि, मान्यता र प्रक्रियाअनुसार एनएमसीले यो उचाई प्राप्त गरेको रहेछ, संस्थाको बहुउद्देश्यीय अभियान सफल हुनेमा म विश्वस्त छु ।’

सहकारी संस्थाहरुले राज्यलाई बुझाउनु पर्ने आयकरको दर ऐनमा नै उल्लेख भए पनि बहुउद्देश्यीय सहकारीहरुसहित कृषि, उपभोक्तालगायतले पुरानै दरमा तिरिरहनु परेको विषयमाथि म सम्बन्धित मन्त्री, मन्त्रालय एवम् प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँछु’ नेता नेम्वाङले विश्वास दिलाए ।

साधारणसभाको उद्घाटन समारोहमा प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले देशको अर्थतन्त्रको विकासमा सहकारीले महत्वपूर्ण टेवा पुर्याएको बताउँदै कतिपय सहकारीले आँट गर्न नसकेका कृषि परियोजनामा पनि एनएमसी सफल देखिएको बताए । उनले भने ‘सरकारले कृषिजन्य उत्पादनमा जोड दिएको छ, व्यवहार र नीतिमा तालमेल नमिल्दा खेत अझै बाँझै छन्, कृषिमा यान्त्रिकरण र भू–उपयोग नीतिअनुसार कृषिमा आत्मनिर्भर बन्न जरुरी छ ।’

कार्यक्रममा प्रदेशसभाका सदस्य तथा संस्थाका संस्थापक सदस्य श्रीप्रसाद मैनालीले प्रदेश सरकारले सहकारी ऐन पारित गरेको बताउँदै सबै सहकारी संस्थाहरुलाई पालिकास्तरमा तोकिएअनुसार नै आयकर कार्यान्वयन गराउन प्रमुख अतिथिको ध्यानाकर्षण गराए ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले साधारणसभा सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सञ्चालक सदस्य ठाकुर शिवाकोटीले कार्यक्रम सञ्चालन गरेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन । साधारण सभाकै अवसर पारेर एनएमसी स्वास्थ्य समितिले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत जम्मा भएकाे समितिका संयोजक दिलीप सुवेदीले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु