काठमाण्डाै, ४ मंसिर।
राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न गरेका सिफारिस अनुसार बुधबार साँझ राष्ट्रपति भण्डारीले मन्त्री परिषदको पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्री परिषदमा केही मन्त्रालयहरूमा हेरफेर गरिएकाे छ । केहीलाई विदाई दिइ केही नयाँको नियुक्ति र केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।
नयाँ हुने मन्त्रीहरुमा लेखराज भट्टलाई उद्योगको जिम्मेवारी तोकिएको छ । त्यस्तै, रामेश्वर राय यादवलाई श्रमको जिम्मेवारी छ । घनश्याम भुसाललाई कृषि, पार्वत गुरूङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक, वसन्त नेम्वाङलाई भौतिक, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून, न्याय तथा संसदीय मामिला, रामवीर मानन्धरलाई सहरी विकास राज्य, नवराज रावललाई राज्य र मोती दुगद उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरुको जिम्मेवारी र नयाँ नियुक्ति गरेको हो ।
नवनियुक्त मन्त्रीहरुको सपथ भने भोलि बिहिबार हुनेछ ।



