इलाम, १ मंसिर ।
किरात राई साँस्कृतीक कलाकार संघ जिल्ला कार्य समिति इलामको पाचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । आइतबार इलाम बजारमा सम्पन्न भएको जिल्ला सम्मेलनबाट विशाल राईको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित भएका छन् ।

सम्मेलनबाट उपाध्यक्षमा पवित्रा राई, सचिवमा सजना राई, सह–सचिवमा अशोक राई, कोषाध्यक्षमा प्रनिशा राई सदस्यहरुमा सेनुमा राई, पर्वत राई, निलम राई, विमला राई, दिक्षा राई, राम राई, दिपेन्द्र राई, प्रशान्त राई, मनोज राई र विपन राई निर्वाचित भएका छन् ।

किरात राई सास्कृतिक कलाकार संघ इलाम जिल्ला अध्यक्ष शिल्पा चाम्लिङको अध्यक्षतामा तथा संघका केन्द्रीय उपाध्यक्ष रामकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किरात राई यायोक्खा इलाम जिल्ला अध्यक्ष शुभचन्द्र राई लगायतका अतिथिहरुको उपस्थिति रहेको निवर्तमान अध्यक्ष शिल्पा चाम्लिङले बताइन् ।

