माङसेबुङ, ४ मंसिर ।
माङसेबुङ खेलकुद विकास समितिकाे आयोजनामा इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा संचालित वडास्तरिय फूटबल प्रतियोगिताको उपाधि माङ्सेबुङ ३ ‘ए’ ले चुमेकाे छ । बुधबार भएको फाईनलमा माङुसेबुङ २ ‘बी’ विरुद्ध १-० को नतिजा निकाल्दै माङसेबुङ ३ ले उपाधि आफ्नाे पाेल्टामा पार्न सफल भएकाे हाे ।

जितसँगै माङसेबुङ ३ ले नगद ३० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रप्त गर्यो । उता उपविजेता माङसेबुङ २ ले पनि नगद २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा सर्कवाधिक गोलकर्ता माङसेबुङ ३ राजु बुढाथोकी, उदयमान खेलाडी माङसेबुङ २ का गिदान लिम्बू, उत्कृष्ट डिफेन्डर माङसेबुङ ३ का जनक लिम्बू, उत्कृष्ट गोलरक्षक माङसेबुङ ३ का सुजन राई र उत्कृष्ट खेलाडी माङसेबुङ २ सुसान्त कार्की घोषित भए । उनीहरुले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथि माङसेबुङ गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इदिङगो र वडा नम्बर ३ का अध्यक्ष मैतराज राईले पुरस्कार वितरण गरेका थिए ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताबाट माङसेबुङ गाउँपालिका स्तरीय फूटबल टीमको लागि १६ जना खेलाडीहरु समेत छनौट गरिएको छ । उक्त खेलाडीहरुले गाउँपालिका स्तरीय खेल साथै आत्मानन्द रनिङ गोल कपमा सहभागी हुने अवसर पाउनेछन् ।
गत २९ कात्तिकदेखि संचालित प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो ।

