दमक, ६ मंसिर ।
दमक लखपुनर भेट्रान क्लवको आयोजनामा पाँचौ स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । कमल गाउँपालिका स्थित गुहेश्वरी नि.मा.वि.को खेलमैदानमा यहि मंसिर १५ गते देखी १८ गते सम्म प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी दिएको हो ।
खेलको पाँचौ संस्करणमा ८ टिमको सहभागिता रहने जनाएको छ । जसमा आयोजक समिति दमक लखनपुर भेट्रान क्लव, काकरभिट्टा भेट्रान झापा, चन्द्रगढी भेट्रान झापा, एभरेष्ट भेट्रान मोरङ, धरान भेट्रान सुनसुरी, युनाइटेड भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा र हाम्रो भेट्रान इटहरीको सहभागी रहने पत्रकार सम्मेलनमा खेल समिति संयोजक मिन मगरले बताए ।

आयोजकले सन २०१४र २०१५ मा राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता गरेको थियो भने २०१५ र २०१६ मा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका भेट्रान क्लवहरुसँगै भारत र वंगलादेशका टिमहरुको पनि सहभागिता रहेको आयोजक समितिका अध्यक्ष भोजकुमार राईले बताए । पत्रकार सम्मेलनमा बोल्दै राईले भने– यस पटक भने हामी राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगितामा गर्न लागिरहेका छौ । देशको वर्तमान समस्यहरुलाई मध्यनजर गर्दै क्लवले राष्ट्रिय स्तरको नै प्रतियोगिता गराउन लागेको हो ।
खेललाई सफल बनाउनका लागि मिन मगरको संयोजकत्वमा मुल आयोजक समिति निर्माण गरिएको छ भने खेलाडी व्यवस्थापनको संयोजक सुशिल तामाङ र प्रचार प्रसार समितिको संयोजकमा कृष्ण कार्की रहेका छन् ।
प्रतियोगि खेलमा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने छ भने प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भोजकुमार राई, उपाध्यक्ष खड्क राई, सचिव लालबहादुर विष्ट, टिम क्याप्टेन पदम भण्डारी, प्रशिक्षक कुमार गिरी, सहायक प्रशिक्षक विजय श्रेष्ठ, मुल आयोजक समिति संयोजक मिन मगर, व्यवस्थापन संयोजक सुशिल तामाङ, प्रचारप्रसार संयोजक कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।
पाँचौ संस्करणको खेल “स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगिता २०७६” दमक लखनपुर भेट्रान क्लव आयोजक र कमल गाउँपालिका खेलकुद विकास समिति सह–आयोजकको भुमिकामा रहनेछ ।
क्लवका अध्यक्ष भोज कुमार राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा उपाध्यक्ष खड्क राईले स्वागत गरेको थियो भने सचिव लालबहादुर विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

