शिवसताक्षी, ७ शनिबार ।
समाजसेवामा समर्पित हिमाली समाजसेवा क्लवको शनिबार सम्पन्न भेलाले मनि कुमार राईको अध्यक्षतामा ११ सदस्सीय नयाँ समिति चयन गरेको छ । झापाको शिबसताक्षी–२ (साविकः धरमपुर–५) मा रहेको हिमाली समाजसेवा क्लवकाे सम्पन्न भेलाले समितिको उपाध्यक्षमा भुवन राई, सचिवमा बुद्धराज शेर्मा, सहसचिवमा ख्यामराज राई र कोषाध्यक्षमा नरवीर कुरुङबाङ छन् ।
त्यस्तैं, क्बलको कार्यसमिति सदस्यहरुमा नगेन्द्र आङ्दम्बे, प्रेमकुमार राई, नरमाया राई, बिबेक राई, जीवन राई र तारा आङ्दम्बे छन् । आजैको भेलाद्धारा क्लबको लेखा समिति, ऋण उपसमिति, खेलकुद समिति, सामाग्री संरक्षण तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति र सल्लाहकार समिति समेत गठन गरेको छ ।

यसरी गठन भएको लेखा समितिको संयोजकमा सुमन राई छन भने सदस्यहरुमा रत्नकुमारी तामाङ र वीरेन राई छन् । त्यस्तैं, ऋण उपसमितिको संयोजकमा नरवीर कुरुङबाङ छन भने सदस्यहरुमा गोपिलाल थेगिम, भूविक्रम आङ्दम्बे शेरबहादुर तामाङ छन् ।
खेलकुद समितिको संयोजकमा पासाङ तामाङ र सहसंयोजकमा भूविक्रम आङ्दम्बे छन् भने सदस्यहरुमा दिपाल कुरुङबाङ, प्रदिप राई, देउकुमार राई, सन्तोस लिम्बू, सचिन लिम्बू र उमेश लिम्बू छन् । त्यस्तैं, सामाग्री संरक्षण तथा व्यवस्थापन समितिको संयोजकमा भीम कुरुङबाङ, हरि आङ्दम्बे र दिपाल कुरुङबाङ छन् ।
यता, क्लबको प्रचार प्रसार समितिको संयोजकमा पत्रकार एबम् आइटी कविध्वोज राई छन भने सदस्यमा व्यवसायी मिलन लिम्बू छन् । क्लबको सल्लाहकार समितिको संयोजकमा वीरबहादुर राई छन् भने सदस्यहरुमा स्थानीय अभिवाहकहरु रहने छन् ।

क्लबको अध्यक्ष कुमार राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । हाल, राई शिबसताक्षी वडा नं २ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । उनी, क्लबको वर्तमान समितिको संरक्षकको रुपमा रहेका छन् ।
२०७१ सालमा स्थापना भएको हिमाली समाजसेवा क्लबले स्थानीय स्तरमा कला र संस्कृति मार्फत खेलकुदको विकाससँगै गाउँघरमा आवश्यक सामाग्रीहरु व्यवस्थापन गर्दै आइरहेको छ । क्लबले विभिन्न अवसरहरुमा स्थानीय स्तरका खेलकुद प्रतियोििगता, मनोरञ्जनात्मक नृत्य, गीत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
हाल, क्लबमा अक्षयकोष स्थापना गरी त्यसलाई वित्तिय प्रयोजन अन्तरगत क्लबका सदस्यहरुबीच परिचालन गरिदै आइरहेको छ । त्यस्तैं, प्लाष्टिकका कुर्सी, डाइनिङ टेवल, टेण्ड, त्रिपाल, ग्यास बक्ति, ग्यास चुला लगायतका सामाग्रीहरु क्लबमा छ ।

