कमल, ९ मंसिर ।
विधार्थीको गुणीय चक्र अन्तराष्ट्रि«य सम्मेलनमा कमल गाउँपालिका स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । भारतको लखनौमा हुने उक्त अन्तराष्ट्रियस सम्मेलनमा भाग लिनका लागि विद्यालयका प्रिन्सिपल गुणराज गिरीको टोलि सोमबार भारत प्रस्तान गरेको हो । आज एक कार्यक्रमका बीच विद्यालयका अध्यक्ष शेरबहादुर लिम्बुले खदा ओडाएर सफलताको शुभकामना व्यक्त गर्दै विदाइ गरिएको हो ।

भारत लखनौको सिटी मन्टेश्वरीमा मंसिर ११ गते देखी मंसिर १४ गते सम्म हुने विद्यार्थीको गुणीय चक्र अन्तरष्ट्रिय सम्मेलन (आइसीएसक्यूसी) मा स्मारिका सामुदायिक विद्यालयको तर्फबाट ७ जना विद्यार्थीहरु सहभागि हुने जनाएको छ । सहभागि विद्यार्थीहरुले उक्त सम्मेलनमा हुने वक्तृत्वकला, हाजिरी जवाफ, घटना अध्ययन र कोलास प्रतियोगितामा सहभागि जनाउने विद्यालयका निर्देशक भोजकुमार राईले बताए ।
प्रतियोगितामा भाग लिनका लागि कृशला खड्का, समाना विष्ट, अपेक्षा गुरुङ, आविस पौडेल, मौसम न्यौपाने, राजेश दाहाल र आशिका भट्टराई भातर प्रस्तान गरेको छ । प्रतियोगितामा भाग लिनका लागि स्मारिका सामुदायिक बोर्डिङ स्कूलसँगै दमक आसपासका केही विद्यालयहरुको सहभागिता रहने स्मारिका बोर्डिङ स्कूलका लेखा समिति संयोजक लाल बहादुर विष्टले बताए ।

