adv

बुङ्वाखाको १५औं वार्षिकोत्सवमा १५ कविता, विभिन्न विधामा पुरस्कार वितरण

काठमाण्डौ, ९ मंसिर ।
बुङ्वाखाको १५औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित १५औं बान्तावा कविता प्रतियोगितामा उत्कृष्ट १५ कविहरुको कविता सहित नाम सार्वजनिक गरिएको छ । वार्षिकोत्सव कार्यक्रम मंसिर २३ गते काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाएको छ ।

प्रतियोगितामा ३५कविहरुले सहभागिता जनाएका मध्ये १५ जना कविका उत्कृष्ट कविता कोडिङ विधिबाट मुल्याङ्कन समितिले छनोट गरिएको हो । छनोट पर्नेमा इलामका अर्जुन वेदना राई, रमेश कुमार राई, पाँचथरका प्रदिप राई, मणिराम राई रहेका छन् भने । सुनसरीका राजेन्द्र राई, धनकुटाका विवेक उदासी, नगेन्द्र राई, भोजपुरका प्रजितकला राई, रामकुमार राई, रामचन्द्र राजालिम, रिया राई, सुभास देव रुङमाहाङ, त्रिलोक त्रिवेणी राई र काठमाण्डौका किवाहाङ राई रहेका छन् ।

छनोटमा परेका १५ कविहरुले वार्षिकोत्सवको अवसरमा कविता वाचन गर्नेछन् । छनोट भएका कविहरु उक्त कार्यक्रममा उपस्थित हुन नसके आयोजकलाई जानकारी गराउँनु पर्ने र उक्त स्थानमा वैकल्पिक छनोटमा परेको कविताले स्थान पाउने छ । बान्तावा कविता प्रतियोगितामा नगर रु १५ हजार सहित प्रमाण पत्र प्रथम पुरस्कार तोकिएको छ भने दोस्रो नगद रु १० हजार सहित प्रमाण पत्र र तेस्रो हुनेले नगद रु ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछ । उक्त पुरस्कार बुङवाखा श्यामराज दुब्देहाङ स्मृतीकोष बाट प्रदान गरिने जनाएको छ ।

वार्षिकोत्वको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण

बान्तावा बाषिक पत्रिका बुङवाखाको १५औं बार्षिकोत्वको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण समेत गरिने जनाएको छ । जसमा :

१. बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७६’

मिक्लाजुङ गाउँपालिका (साविक रवि) पाँचथरमा जन्मिनु भई हाल ललितपुर निवासी प्रा.डा. नोवल किशोर राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । उहाँको बान्तावा व्याकरण कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । साथै, उहाँले बान्तावा भाषामा पहिलोपटक अ डिस्क्रिप्टिभ स्टडी अफ् बान्तावा शीर्षकमा विद्यावारिधि पनि गर्नु भएको छ । पुरस्कारको राशी ताम्रपत्रसहित ५१ हजार २ सय ९१ रुपैयाँ रहेको छ । पूर्व मुख्य अञ्‍चलाधीश स्व. मकर बहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो।

प्रा.डा. नाेबल किशाेर राई

२. बुङ्वाखा–पञ्‍च कुमारी सङ्‌गीत पुरस्कार–२०७६’

बान्तावा गायिका लीला राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । भोजपुरको होम्ताङमा जन्मिनु भई हाल इटहरीमा बसिरहनु भएको गायिका राईले हालसम्म एक दर्जन जति बान्तावा गीतहरू गाउनु भएको छ । कदरपत्रसहित पुरस्कारको राशी रु. ३५ हजार रहेको छ । स्वर्गीय आमा पञ्‍च कुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्‌गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

बान्तावा गायिका लीला राई

३. बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार–२०७६’

सन्दकपुरका गाउँपालिका २, माइमझुवा इलाममा जन्मिनु भई बुङ्वाखाको काठमाडौं संवाददाता तथा इन्डिजिनियस टेलिभिजन र रेडियो कान्तिपुरमा बान्तावा कार्यक्रम सञ्चालक रीता राराहाङ राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा स्थापना गर्न लाग्नु भएको कदरपत्रसहित सो पुरस्कारको राशी रु. ६ हजार रहेको छ ।

 

बुङ्वाखाको काठमाडौं संवाददाता तथा इन्डिजिनियस टेलिभिजन र रेडियो कान्तिपुरमा बान्तावा कार्यक्रम सञ्चालिका रीता राराहाङ राई

४. बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार–२०७६’
भोजपुरमा जन्मिनु भई हाल काठमाडौं निवासी बुङ्वाखाका नियमित स्तम्भकार भक्त बहादुर रुछेन्बुङ राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । आफ्ना भाइको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राईको पहलमा यो पुरस्कार स्थापना गरिएको हो । कदरपत्रसहित पुरस्कारको राशी रु. ५ हजार रहेको छ ।

बुङ्वाखाका नियमित स्तम्भकार भक्त बहादुर रुछेन्बुङ राई
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु