adv

आत्मानन्द कपकाे उपाधी पाहुना टाेली दार्जिलिङले चुम्याे

माङसेबुङ, १७ मंसिर ।

इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप १२औं संस्करणकाे उपाधी पाहुना टाेली दार्जिलिङले चुमेकाे छ । मंगलबार भएकाे फाइनल खेलमा भाङबारी फुटबल क्लब दमकलाई २ सुन्यकाे नतिजा निकाल्दै उपाधी पाेल्टामा पारेकाे हाे ।

स्वदेशी र विदेशी टिमबीचको प्रतिष्पर्धात्मक खेलको उत्तरार्धमा दार्जिलिङले गोल गर्दै उपाधि चुमेका थिए । निकै प्रतिस्पर्धात्मक देखिएकाे खेल पहिलाे हाफसम्म गाेलरहित बराबरीमा सकिएकाे थियाे । खेलकाे दाेस्राे हाफमा पाहुना टाेली दार्जिलिङ निकै आक्रमक देखिए पनि भाङबारी दमकका गाेलरक्षक सुमन लिम्बुले विफल पारिदिएका थिए ।

भाङबारी फुटबल क्लब दमक निकै अनुभवी खेलाडीहरूका साथ फाइनल खेलमा मैदान उत्रिएकाे थियाे । विष्नु सुनुवार, कर्ण लिम्बु लगायतका अनुभवी खेलाडीहरू सहभागी रहे पनि खेल त्यति सन्ताेषजनक प्रदर्शन गर्न भने सकेन । त्यसैकाे फाइदा लिदै खेल सकिन ७ मिनट बाँकी रहँदा दार्जिलिङका जर्सी नं. १० का निश्चल राईले गाेल गरी टिमलाई उपाधि नजिक पुर्याए । इन्जुरी समयमा पुन दार्जिलिङका  जर्सी नं. ८ का सन्तोष राईले गोल गरी २–० को  नतिजा निकाल्दै उपाधि दिलाएका थिए ।

जितसँगै दार्जिलिङले नगद २ लाख १ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद १ लाख १ सय ६६ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । विजेता र उपविजेता टिमलाई पुरस्कार बुधबार किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सव समारोहमा वितरण गरिने आयोजक आत्मा–पवित्रा हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिता गत ११ मंसिरदेखि संचालित थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु