१७ मंसिर ।
चासोक तङनाम न्वागी चाडको अवसरमा किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिका वडा नं. १ को आयोजनामा चासोक तङनाम २०७६ मनाउन लागेको हो । कमल गाउँपालिका वडा नं. १ स्थित सहिद माङ्तोक स्मृति रङ्गशालामा मंसिर २५ गते विविध साँकृतिक कार्यक्रम गरि भव्य रुपमा मनाउन लागेको आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

कार्यक्रममा गायक सुजन तिगेला, गायिका तिर्सना नेम्बाङको प्रस्तुतीसँगै विभिन्न साँस्कृतिक कार्यक्रम, केलाङ नाच, भेषभुषा प्रदर्शन लगायत मौलिक खानपिनको पनि व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
साँस्कृतिका कार्यक्रमसँगै चासोक तङनामकै अवसरमा गीत संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक कुवेर राईलाई सम्मान समेत गरिने जनाएको छ । गायक राईलाई “प्रथम चासोक तङनाम सम्मान २०७६” प्रदान गरिने भएको छ । जसको राशी नगद रु. २५ हजार रहेको आयोजक समितिले जनाएको छ । साथै भाषा, संस्कार संस्कृतिको माध्यमबाट समुदायलाई पु¥याएको योगदानको मुल्याङकन गर्दै चासोक तङनाम पुरस्कार २०७६ समेत प्रदान गरिने भएको छ ।
पहिलो पटक प्रदान गर्न लागिएको पुरस्कार सेसेमिसे नाल्बोलाई प्रदान गरिने जसको राशी रु.२५ हजार रहेको आयोजक समितिका संयोजक तिलकबम फागोले बताए । प्रदान गरिने सम्मान र पुरस्कारको राशीको लागि भने चुलाचुली गाउँपालिका वडा नं. १ ले प्रत्येक वर्ष व्यवस्थापन गर्ने वडाध्यक्ष पूर्ण लावतीले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लावतीले भने– भाषा, संस्कार संस्कृतीको उत्थानको लागि प्रोत्सान स्वरुप सम्मान र पुरस्कार गरिने रकमको वार्षिक व्यवस्थापन वडा कार्यालयले गर्न लागेको हो ।
कार्यक्रममा समाज सुधार समूह चुलाचुली कमलको विभिन्न जातजाति, संस्कार संस्कृति झल्कन खाल्को साँस्कृतिक नाच समेत हुने आयोजक समितिले जनाएको छ ।


सहमत