दमक, २० मंसिर ।
दमक ३ ढुकुरपानीका प्यारालाईसेस बिरामी ३२ वर्षीय शनबहादर तामाङलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । शनबहादुर तामाङ सहयोग समिति (बचाउ अभियान) का संयोजक सम्झना तामाङले आज शुक्रबार पत्रकार मञ्चको कार्यालयमा उक्त रकम बिरामीका वुबा सिंहबहादुर तामाङ प्रदान गरेको हो ।

रोजगारको शिलशिलाको क्रममा कतारको अलमाराई पुगेका शनबहादुर तामाङ गाडी दुर्घटनामा परी बिरामी परेका थिए । ६ महिनासम्मको उपचार पछि नेपालमा विभिन्न हस्पिटलमा उपचार गराउँदै आएको तर केहि समय देखी यता तामाङ परिवारको आर्थिक अवस्था कम्जोर रहेको कारण उपचार गराउन नसकि घरमा नै रहेको अवस्थामा अभियानका संयोजक सम्झना तामाङ बिरामीको घर पुगिन ।
बिरामीको घर पुग्न सम्झनाले थाहा पाइनकी प्यारालाइसेस भएको बिरामी परिवारसँग बिरामीलाई चाहिने दैनिक खानपान र हेरचारका लागि खर्च समेत नभएको पाए पछि बिरामीको थप उपचार गर्न र आवश्यक खानपानको व्यवस्थापन गर्नका लागि सहयोग अभियान थालिएको अभियानका संयोजक सम्झना तामाङले बताइन् ।
सहयोग अभियानमा संयोजक सम्झना तामाङ, सचिवमा पत्रकार मनकुमार गदाल, सदस्यहरु पत्रकार अनिलदेव राई, तिलमाया विश्वकर्मा र चन्द्रमाया तामाङ रहेका छन् ।
बिरामीलाई बौद्ध गुम्बाबाट पनि सहयोग
प्यारालाइसेस बिरामी शनबहादुर तामाङलाई शुक्रबार नै नाम्ग्याल कुछे जिन्लब बौद्ध गुम्बा दमक ९ बाट पनि आर्थिक सहयोग हस्तान्तरण भएको छ । गुम्बाका अध्यक्ष पदम बहादुर तामाङ र अभियानका संयोजक सम्झना तामाङले संयुक्त रुपमा बिरामीका बुबा सिंहबहादुर तामाङलाई गुम्बाको तर्फबाट ३१ हजार रुपौयाँ सहयोग गरेको हो ।

