adv

चासाेक तङनामकाे अवसरमा मेचीनगरमा मेला

मेचीनगर, २० मंसिर । 

किरात याक्थुङ चुम्लुङ मेचीनगर–५ ले लिम्बुहरुको महान् चाड चासोक ताङनामको अवसरमा बृहत साँस्कृतिक साँझ तथा रमाइलाे मिनी मेलाकाे आयोजना गर्ने भएकाे छ ।  मंसिर २६ गते देखी २८ गते सम्म मेचीनगर–५ मा रहेकाे माङ्हिम परिसरमा कार्यक्रम हुने शुक्रबार पत्रकार भेटघाट कार्यक्रमकाे आयोजना गरी जानकारी गराएकाे हाे ।

पत्रकार सम्मेलनमा आयोजक किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलीपजंग आङदेम्बे कार्यक्रमकाे बारेमा जानकारी गराउदै

संस्थागत रूपमा किरात याक्थुङ चुम्लुङ लिम्बु समुदायको भाषा, लिपि, कला, संस्कार संस्कृति रीतिरीवाजको समग्र रूपमा जगेर्ना गर्दै संरक्षण र संवर्धनमा लागेकाे किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलीपजंग आङदेम्बेले बताए । उनले भने– संस्कार संस्कृतिका कुराहरू युवा पुस्तालार्इ अपनत्व प्रदान गर्दै उत्तरदायी बनाउने उदेश्यले पनि हामीले यस कार्यक्रमकाे आयोजना गरेका हाै ।

तीन दिने मेलाको पहिलो दिन साँस्कृतिक विधा तर्फका साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम हुने । दोस्रो दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूकाे प्रस्तुतीसँगै स्थानिय कलाकारहरूकाे समेत प्रस्तुती रहने र मेलाकाे अन्तिम दिन लिम्बु जातिको साँस्कृतिक खेल छेलो, तिर धनुष लगायत, स्लो बाइक रेसिङ लगायतका मनाेरञ्जनात्मक खेलहरू हुने आयोजक समितिले जनाएकाे छ ।

कार्यक्रममा गायीका रजिना रिमाल, गायक तथा संगीतकार उत्तमजंग लावती, छमछमी सिजन ४ का सेकेण्ड रनरअफ दीलमाया लिम्बुसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ । महोत्सव सम्पन्न गर्न करीव २ लाख रुपैयाँ खर्च अनुमान गरिएको र उक्त रकम दाताहरुबाट संकलन गरिने बताइएको छ ।

चासोक तङनाम रमाइलो मिनी मेला आयोजक समितिका अध्यक्ष अमृत लावतीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन भूमीका सुब्बाले गरेकी थिईन् । मेलामा रोटेपीङसहित बालबालिकाहरुका लागि मनोरञ्जनका खेल सामग्री राखिने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु