adv

दमक, पेरूङ्गे पञ्चमी पदत्राया सफलताका साथ सम्पन्न

दमक, २६ मंसिर । 

पर्यटन वर्ष २०२० काे स्वागतसँगै हाेटल व्यवसायी संघ दमककाे अायाेजनामा भएकाे दमक–पेरूङ्गे–पञ्चमी पैदलयात्रा सफलताका साथ सम्पन्न भएकाे छ । मंसिर २५ गते दमक देखी करिव २५० जना सहभागी भएकाे पदयात्रा बिहिबार माङमालुङसम्म पुगेर सम्पन्न भएकाे छ ।

दमक देखी मंसिर २५ गते बिहान ६ बजे प्रस्तान गरेकाे पदयात्राकाे टाेलीकाे लागि फुइकेमा खाजा नास्ताकाे व्यवस्था गरेकाे थियाे । जहाँ स्थानिय व्यवस्थापन फुलमाला सहित स्वागत कार्यक्रम समेत राखिएकाे थियाे । टाेलि ७ ः३० बजे खाजा नास्ता गरेर मावा खाेलाकाे बाटाे पेरूङ्गे तिर लाग्याे । पदयात्राकाे टाेलिकाे लागि माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित कुसुन्डेमा खानाकाे व्यवस्था गरिएकाे थियाे । जहाँ पदयात्रामा सहभागीहरूलार्इ फुलमालाले गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा सहितकाे टाेलिले स्वागत गरेकाे थियाे ।

खाना पश्चात पदयात्रा टाेली तारेभीर हुदै टाेड्के उकालाे लाग्याे । बाँझाेगाउँमा छुट्टै खाजाकाे व्यवस्था जहाँ पनि पदयात्रामा सहभागी सबैलार्इ फुलमाला लगाएर स्वागत गरियाे । दिनकाे ३ बजे तिर खाजा खाएर टाेलि गैरिटाेल हुदै हस्टे ५ बजे तिर पुग्याे । बेलुकाकाे खाना बस्नका लागि स्थानीय संस्था नमूना टाेल विकास संस्थाकाे सभाहलमा व्यवस्थापन गरिएकाे थियाे ।

२६ गते बिहान माङमालुङ चियाबगान हस्टेमा खाजा खाएर टाेलि पञ्चमी बजार तिर लाग्याे । नाैमति बाजा सहित स्वागतमा रहेकाे पञ्चमी बासीकाे व्यवस्थापनमा बिहानकाे खानाकाे व्यवस्था रहेकाे थियाे । खाना पछि टाेलि धार्मिक तथा पर्यटकीय स्थल माङमालुङ तिर माेडियाे । पदयात्रा टाेलि माङमालुङकाे अवलाेकन पछि पुनः बिहिबार बेलुका दमक अाइपुगेकाे छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु