adv

रंगमञ्चकाे बार्षिकउत्सवमा पत्रकार तिम्सिना सम्मानित

चुलाचुली, २९ मंसिर । 

गाउँमा रंगमञ्च गर्दै आएकाे नाट्य संस्था चुलाचुली रंगमञ्चले आज आइतबार ७ औं बार्षिकउत्सव सम्पन्न गरेको छ । चुलाचुली रंगमञ्चकाे प्रेक्षालयमा आयाेजना गरिएको कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले केक काटेर कार्यक्रम उदघाटन गरेको हाे ।

रंगमञ्चले ७ औं बार्षिकउत्सवकाे अवसरमा पहिलाे `रंगमञ्च र पत्रकारिता-२०७६ पुरस्कार साहित्यकार, रंगकर्मी तथा पत्रकार भुपेन्द्रराज तिम्सिनालाई प्रदान गरिएको थियाे । ब्लाष्ट दैनिकमा कार्यरत सम्मानित तिम्सिनालाई प्रमुख अतिथि निर्मला दाहाल, वडा नं.४ का वडा अध्यक्ष कालिदास भट्टराईद्वारा दाेसला ओडाएर सम्मान पत्र प्रदान गरिएको थियाे ।

२०५३ सालदेखि निरन्तर पत्रकारिता र साहित्य साथै रंगमञ्च गर्दै आएका भुपेन्द्रराज तिमिल्सिनाले चुलाचुलीकाे भूगाेल र त्यहाँ भएको उर्वर कला, रंगमञ्चलाई एक दशक अघि देखि पत्रकारिताको माध्यमबाट सहयोग गर्दै आएकाे हुनाले तिम्सिनाकाे याेगदानकाे कदर गर्दै पुरस्कार प्रदान गरेको संस्थापक अध्यक्ष चेतन आङथुपाेले वताएका छन् ।

कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शिक्षाप्रेमी पदमकेशर लिम्बू , शिक्षासेवी तथा समाजसेवी सेतुप्रकाश राई, प्रवासी सेवा समाजका सल्लाहकार जनक महरा, चुलाचुली गाउँपालिका साेकिय सचिव संजय राई लगायतले शुभकामना मनत्वय व्यक्त गरेकाे थियाे । रंगमञ्चकाे पुर्व अध्यक्ष केशर बहादुर भुजेलले स्वागत मनतव्य राखेकाे उक्त कार्यक्रम हेमकुमार लिम्बूको अध्यक्षत्वमा सम्पन भएको थियाे भने कार्यक्रम संस्थाको सचिव सन्ताेस गिरीले संचालन गरेको थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु