adv

प्रधानसेनापति महिला फुटबलः एपिएफले सिक्किमलाई १८–० गाेल अन्तरले हरायाे

काठमाण्डाै, ३० मंसिर ।

राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले सिक्किमलाई १८–० गाेल अन्तरले हराएकाे छ । लगनखेलस्थित आर्मीको खेलमैदानमा भएको खेलमा भारतको सिक्किम विरुद्ध सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले ९ गाेल गरेकी थिइन् ।

एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन र रेनुका नगरकोटीले दुई गोल गरेकि थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गाेल गर्दै फराकिलाे नतिजा निकालेकाे थियाे ।

प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ का विरूद्ध ३–० काे नतिजा निकाल्दै नतिजा अाफ्नाे पाेल्टामा पारेकाे हाे । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए ।

मङ्गलबार प्रदेश नं–५ र भुटानको टोलीबीच खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु