दमक, ४ पुष ।
नेपाल आदिवासी जनजाति महासंङ दमक बहुमुखी क्यापस इकाइ समितिद्वारा क्यापस सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । दमक बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरू हुनु अघि क्याम्पस सरसफाइ कार्यक्रम गरि क्याम्पसलार्इ स्वाच्छ राख्नका लागि गरिएकाे कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख डा. नेत्र बुढाथाेकीले क्याम्पस सरसफाइ सुरू गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

महासंघले विभिन्न समयमा क्याम्पसमा रचनात्मक कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ । क्याम्पसलार्इ सधै भरी पढाइकाे गुणास्तरसँगै सरसफाइमा समेत अग्रणी स्थानमा राख्नका लागि समेत याे कार्यक्रमकाे अायाेजना गरिरिएकाे अादिवासी जनजाति विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पसका अध्यक्ष सञ्जय इङ्नामले बताए । सहआयाेजकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी र किरात रार्इ विद्यार्थी संघ दमक बहुमुखी रहेकाे सरसफाइ कार्यक्रममा क्याम्पसमा अध्ययनरत सबै समुदायका विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।


