adv

आज शनिबारकाे माैषम यस्ताे छ

काठमाण्डाै, ५ पुष ।

आज शनिबारकाे माैषम बिहान देशभर आंशिक देखि सामान्य बदलिकाे अवस्था हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमि वायूको प्रभाव देखिएको छ। आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडि भूभागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ ।

देशका उच्च पहाडी, हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने र पहाडी भूभागका केही स्थानमाहरूमा सामान्य वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहनेछ ।देशका उच्च पहाडी, हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु