adv

जाडाेमा न्यानाे कपडा साथै शैक्षिक सामग्री वितरण

कन्काइ, ५ पुष ।

झापाको कनकाई नगरपालिका वडा नम्बर २ भुरुङ्गाका स्थित जानकी आधाभुत बिद्यालयका २ सय ५ जना बिद्यार्थीहरुलाई जाडाेमा लगाउने न्यानाे कपडा स्वेटर, टोपी तथा शैक्षिक सामग्री बितरण गरीएको छ ।

शनिबार बिद्यालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच फेसबुक ग्रुप एमआरआरले ८ औ बार्षिक उत्सवको अवसर पारेर बिद्यार्थीहरुलाई पठनपानमा सहज होस् भन्ने उद्धेश्यले ९० हजार बराबरको स्वेटर टोपी तथा शैक्षिक सामग्री बितरण गरीएको हो । बैदेशिक रोजगारमा रहेका र नेपालमै भएका एमआरआरका सदस्यहरुको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरीएको हो । उक्त कार्यक्रममा जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो

एमआरआरका सदस्य सुबोध बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक झापा जिल्ला अधिकारी कृष्ण कुमार निरौला, दमकका प्रसाशनिक प्रमुख कृष्ण आचार्य, कनकाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पर्शुराम गिरी, बिद्यालयका प्रध्यानाध्यापक अम्बिका सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु