adv

सरकारलाई दिएको समर्थन समाजवादी पार्टिले लियाे फिर्ता

काठमाण्डाै, ९ पुष । 

समाजवादी पार्टी सरकारबाट बाहिरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीले आज बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकाे हाे ।

२०७५ जेष्ठ १४ गते मधेषी, आदिवासी, थारू लगायत विभिन्न आन्दाेलनका क्रममा उठाएका माग र मुद्दाहरू समेत सम्बाेधन गर्ने गरी संविधान संशाेधन गर्ने २ बुँदे सर्तमा समाजवादी पार्टी सरकारमा सहभागी भएकाे थियाे । साेहि अनुरूप पटक पटक संविधान संशाेधन लागि प्रयासहरू पनि गरिएकाे र मिति २०७६ पुष ७ गतेकाे मन्त्रिपरिषद् बैठकमा संविधान संशाेधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविद्हरू सम्मिलित विज्ञ समिति गठन गर्न उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्रीकाे हैसियमा  पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद्काे बैठकमा प्रस्तुत प्रस्तावलाई अस्वीकार गर्दै २ बुँदे सहमतिबाट सरकार पछि हटेकाेले सरकार छाेडेर समर्थन फिर्ता लिएकाे विज्ञप्तीमा उल्लेख छ ।

‘संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजैका मितिदेखि लागु हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र श्रृजनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीका तर्फबाट ओली सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री र मोहम्मद इत्तिह्याक राई सहरी विकास मन्त्री गरी २ वटा मन्त्रालयकाे जिम्मेवारी बहन गरिरहेकाे थियाे ।

संघीय संसद अर्न्तगतको प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ सांसद छन्। समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै ओली सरकारको दुई तिहाई मत गुमेको छ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु